हेडलाईनव्याससमाचारगण्डकी

‘उठिबास र भोकमरीतर्फ धकेल्नु गम्भीर अपराध हो ।’ – वरिष्ठ पत्रकार वाग्ले

प्रहार समाचार । तनहुँ, २५ असार २०८३ बिहीबार । हाल कृषि कर्ममा लागेका वरिष्ठ पत्रकार एवम् लेखक नारायण वाग्लेले जबर्जस्ती उठिबास लगाउने कार्य गम्भीर अपराध भएको बताएका छन्। बासस्थान खोस्नु र जीविकोपार्जनबाट वञ्चित गर्नु मानवअधिकार उल्लङ्घन भएको उनको भनाइ छ।उनले नियन्त्रणमा लिइसकेपछि भोकै राख्नु झन् गम्भीर अपराध भएको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमार्फत वाग्लेको नागरिकलाई खाद्य असुरक्षा र भोकमरीतर्फ धकेल्नु कानुनविपरीत रहेको धारणा छ। उनले घटनाको तत्काल फौजदारी अनुसन्धान गर्न माग गरेका छन्।

पत्रकार वाग्लेले पदाधिकारीमाथि कानुनी कारबाही हुनुपर्ने बताएका छन्।दोषीलाई मुद्दा चलाएर पीडितलाई न्याय दिनुपर्ने उनको जोड छ। राज्यले यस्ता घटनामा ढिलाइ नगरी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने उनले आग्रह गरेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button