हेडलाईनसमाचारबागमती

महावीर पुन विज्ञान तथा प्रविधिमन्त्री बन्दै, प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् पुनर्गठन गर्दै

प्रहार समाचार । काठमाडौँ, २६ जेठ २०८३ मंगलबार । प्रधानमन्त्री बालेन्द्र शाह ले मन्त्रिपरिषद्मा फेरबदल गर्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी स्वतन्त्र सांसद महावीर पुन लाई दिने निर्णय गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार पुनको शपथग्रहण मंगलबार दिउँसो ३ बजे तय गरिएको छ।

 

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित पुनलाई विज्ञान तथा प्रविधिको नेतृत्वमा ल्याउने निर्णयलाई सरकारले नवप्रवर्तन, अनुसन्धान र प्रविधि विकासलाई प्राथमिकतामा राख्ने संकेतका रूपमा हेरिएको छ। पुन लामो समयदेखि सूचना प्रविधि, ग्रामीण इन्टरनेट विस्तार तथा अनुसन्धानका क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्।

यस्तै, प्रधानमन्त्री शाहले गृह मन्त्रालयको नेतृत्व पुनः सुधन गुरुङ लाई सुम्पने निर्णय गरेका छन्। यसअघि गृह तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएका थिए। मन्त्रिपरिषद्को पछिल्लो पुनर्गठनसँगै सरकारले प्रशासनिक प्रभावकारिता बढाउने, मन्त्रालयहरूको कार्यसम्पादनलाई गति दिने तथा विकास र सुशासनका एजेन्डालाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। नयाँ जिम्मेवारीसँगै पुन र गुरुङ दुवैको कार्यशैली तथा नीतिगत प्राथमिकताप्रति राजनीतिक वृत्तको चासो बढेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button