आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

तनहुँमा प्रतिबन्धित लागुऔषधसहित एक युवक पक्राउ

प्रहार समाचार । तनहुँ, २० जेठ २०८३ बुधबार । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित पृथ्वीराजमार्ग सडकखण्डबाट प्रतिबन्धित लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार हिंजो साँझ अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपबाट खटिएको चेकिङ टोलीले सवारी साधन जाँच गर्ने क्रममा मुग्लिङबाट दमौलीतर्फ आउँदै गरेको गण्डकी प्रदेश ०३–००१ ख ००३३ नम्बरको बसमा सवार धादिङको नीलकण्ठ नगरपालिका–१२ निवासी २६ वर्षीय प्रकाश विकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको साथमा रहेको झोलाको खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा टापेन्टाडोल नामक प्रतिबन्धित लागुऔषध ७ सय ७ चक्की फेला पारेको जनाएको छ। बरामद लागुऔषधसहित विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुमार कार्कीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button