हेडलाईनसमाचारगण्डकीम्याग्दे

पर्यटक बसको ठक्करबाट तनहुँका एक वृद्धको गयो ज्यान

प्रहार समाचार । तनहुँ, १६ जेठ २०७३ शनिबार । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट आज एक वृद्धको ज्यान गएको छ। पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प ९२७ नम्बरको पर्यटक बसले बाटो क्रस गरिरहेका स्थानीय ७८ वर्षीय सम्मर बहादुर रानाभाटलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका रानाभाटलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको थियो। उपचारका क्रममा अस्पतालमा रहेका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि बस र चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ। घटनापछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण र अन्य पक्षबारे जिल्ला प्रहरी कार्यालय तनहुँले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button