आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटघिरिङगण्डकीऋषिङभिमादम्याग्देशुक्लागण्डकी

तनहुँका सडक, ऊर्जा र धार्मिक पर्यटनका आयोजना बजेटमा निरन्तर

प्रहार समाचार । तनहुँ, १६ जेठ २०८३ शनिबार । अर्थमन्त्री एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्लेले हिंजो संघीय संसद्मा प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा तनहुँ जिल्लासँग सम्बन्धित सडक, ऊर्जा तथा धार्मिक पर्यटन क्षेत्रका आयोजना समेटिएका छन्। बजेटमा जिल्लाको विकाससँग प्रत्यक्ष सरोकार राख्ने पूर्वाधार तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिइएको छ।

बजेट वक्तव्यअनुसार पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी–दमौली–पोखरा सडक खण्डको निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यससँगै त्रिवेणीधामबाट देवघाटधाम हुँदै रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदरकुण्डसम्म जोड्ने शालीग्राम पथ विकास कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ। यसले धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थस्थलबीचको पहुँच विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। ऊर्जा क्षेत्रतर्फ राष्ट्रिय गौरवको तनहुँ हाइड्रोपावर आयोजनाको निर्माण कार्यलाई थप तीव्रता दिने घोषणा गरिएको छ। साथै ४०० केभी क्षमताको खिम्ती–बार्हबिसे–काठमाडौँ–हेटौँडा–रातमाटे–न्यु दमौली–न्यु बुटवल प्रसारण लाइन आयोजनाको निर्माणलाई पनि अगाडि बढाइने बजेटमा उल्लेख गरिएको छ।

यी आयोजनाले विद्युत् उत्पादन, प्रसारण तथा ऊर्जा सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। पर्यटन प्रवर्द्धनका लागि दमौली, छाब्दीबाराही, बन्दीपुर, छिम्केश्वरी, लाब्दीघाट हुँदै देवघाटसम्म जोड्ने नयाँ साइकल ट्रेक निर्माण गर्ने कार्यक्रमसमेत बजेटमा समावेश गरिएको छ। बजेटमा उल्लेख गरिएका अधिकांश सडक, ऊर्जा तथा धार्मिक पर्यटनसम्बन्धी आयोजना यसअघि नै कार्यान्वयनमा रहेका भए पनि आगामी वर्षका लागि निरन्तरता दिइएको छ। साइकल ट्रेक निर्माणको योजना भने नयाँ कार्यक्रमका रूपमा समेटिएको छ। जिल्लावासीले अब बजेट कार्यान्वयनको चरणमा पर्याप्त स्रोत व्यवस्थापन र समयमै काम सम्पन्न हुने अपेक्षा गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button