हेडलाईनव्याससमाचारगण्डकी

तनहुँ प्रहरीलाई ग्रीन डेभलपमेन्ट बैंकद्वारा स्मार्ट टेलिभिजन सहयोग

प्रहार समाचार । तनहुँ, ४ जेठ २०८३ सोमबार । हिरासतमा रहेका व्यक्तिहरूलाई समाचार तथा सूचनामूलक कार्यक्रममार्फत मानसिक रूपमा सहज बनाउन ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड दमौली शाखाले जिल्ला प्रहरी कार्यालय तनहुँलाई स्मार्ट टेलिभिजन सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ४३ इन्चको स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको हो ।जिल्ला प्रहरी कार्यालय दमौलीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी, सहायक महाप्रबन्धक संयुक्त बहादुर धाख्वा र दमौली शाखा प्रमुख सुदिप न्यौपानेले संयुक्त रूपमा जिल्ला प्रहरी प्रमुख टेकबहादुर कार्कीलाई टेलिभिजन हस्तान्तरण गरेका थिए ।बैंकका प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि समुदाय र सरकारी निकायसँग सहकार्य गर्दै यस्ता सहयोगलाई निरन्तरता दिइने बताए ।

प्रशासनिक तथा मानवीय पक्षलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वाससहित टेलिभिजन प्रदान गरिएको उनले उल्लेख गरे ।जिल्ला प्रहरी प्रमुख टेकबहादुर कार्कीले हिरासत कक्षामा रहेका व्यक्तिहरूका लागि टेलिभिजन प्रभावकारी माध्यम बन्ने बताए । हिरासतमा बसुन्जेल समाचार, जनचेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम हेर्न पाउँदा उनीहरूको समय सहज रूपमा बित्ने र मानसिक तनाव कम गर्न समेत सहयोग पुग्ने उनले बताए । साथै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहकार्य हुने अपेक्षा प्रहरीले गरेको जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button