हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारखेलकुद

७३ खेलमै १५० विकेट : सन्दीप लामिछानेद्वारा विश्व कीर्तिमान कायम ।

प्रहार समाचार । काठमाडौं, ४ जेष्ठ २०८३ सोमबार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । स्कटल्यान्डविरुद्ध आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा विकेट लिएसँगै सन्दीपले केवल ७३ खेलमै १५० विकेट पूरा गरेका हुन् ।

यससँगै उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका छन् ।यसअघि उक्त कीर्तिमान अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा रहेको थियो । स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए । त्यस्तै पाकिस्तानका सक्लैन मुश्ताकले ७८, अफगानिस्तानका राशिद खान र भारतका मोहम्मद शामीले ८० तथा न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ८१ खेलमा उक्त उपलब्धि हासिल गरेका थिए ।

सन्दीपको यो उपलब्धिलाई नेपाली क्रिकेट इतिहासकै गौरवपूर्ण क्षणका रूपमा हेरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाइरहेको नयाँ पहिचानबीच सन्दीपको यो विश्व कीर्तिमानले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button