आँबुखैरेनीव्यासहेडलाईनभानुसमाचारबन्दीपुरदेवघाटघिरिङगण्डकीऋषिङभिमादम्याग्देशुक्लागण्डकी

तनहुँमा हावाहुरीको चेतावनी, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

प्रहार समाचार । तनहुँ, १६ बैशाख २०८३ बुधबार । जिल्ला प्रशासन कार्यालय तनहुँले आज शक्तिशाली हावाहुरी चल्ने पूर्वानुमान सार्वजनिक गर्दै जिल्लाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको अनुमानअनुसार वैशाख १६ गते बुधबार अपरान्ह ४ बजेदेखि सुरु हुने हावाहुरी भोलि बिहान ६:४५ बजेसम्म जारी रहने सम्भावना रहेको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार हावाहुरीसँगै मेघगर्जन, चट्याङ, असिना र वर्षा समेत हुने जोखिम रहेकाले जनजीवन प्रभावित हुन सक्ने देखिएको छ। विशेषगरी रुख ढल्ने, कमजोर संरचना भत्किने, घरका छाना उड्ने तथा विद्युत र सञ्चार सेवा अवरुद्ध हुन सक्ने खतरा औंल्याइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जारी गरेको अनुरोधमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त घर वा टहरामा बसोबास नगर्न आग्रह गरिएको छ। साथै, हावाहुरीका बेला आगो नबाल्न, विद्युतका तार तथा पोल नजिक नजान, अग्ला रुखको छेउमा नबस्न र उड्न सक्ने सामग्रीबाट बच्न विशेष ध्यान दिन भनिएको छ।प्रशासनले कुनै पनि विपद् घटना घटेमा तुरुन्तै सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय (९८५६०६७७७७), जिल्ला प्रहरी कार्यालय (९८५६०६५५५५) तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (९८२७१९००८६ / ९८४६५६४२४४) मा जानकारी गराउन अनुरोध गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button