हेडलाईनसमाचारगण्डकीम्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकामा मन्दिर प्राणप्रतिष्ठासँगै बाल उद्यान उद्घाटन

प्रहार समाचार । तनहुँ, १६ बैशाख २०८३ बुधबार । तनहुँको म्याग्दे गाउँपालिका–४ मीन माध्यमिक विद्यालयको आयोजनामा मनकामना मन्दिर प्राणप्रतिष्ठा तथा “मीन बाल उद्यान” उद्घाटन कार्यक्रमसँगै वृक्षारोपण गरिएको छ। धार्मिक तथा शैक्षिक गतिविधिलाई एकसाथ जोड्दै आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वातावरण संरक्षण र बालबालिकाको समग्र विकासलाई सँगसँगै अघि बढाउन यस्ता पहल आवश्यक रहेको उल्लेख गर्दै हरियाली प्रवर्द्धनमा सबैको सक्रिय सहभागिता आवश्यक पर्नेमा जोड दिए। उपाध्यक्ष बालकृष्ण घिमिरेले स्थानीय तहको समृद्धिका लागि शिक्षा र वातावरणबीच सन्तुलन कायम गर्नुपर्ने बताउँदै बाल उद्यानले बालबालिकामा सिर्जनशीलता र प्रकृतिप्रेम बढाउने विश्वास व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सामुदायिक सहकार्यबाट मात्रै दिगो विकास सम्भव हुने उल्लेख गर्दै यस्ता कार्यक्रमले सामाजिक एकता र जिम्मेवारीबोध अभिवृद्धि गर्ने बताए।

कार्यक्रमकै अवसरमा विभिन्न प्रजातिका बिरुवाहरू रोप्दै सहभागीहरूले हरियाली संरक्षणप्रति प्रतिबद्धता जनाएका थिए। धार्मिक आस्था, बालमैत्री पूर्वाधार र वातावरणीय चेतनालाई एकै ठाउँमा समेट्ने प्रयासस्वरूप सम्पन्न कार्यक्रमले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button