हेडलाईनसमाचार

थापाथली सुकुम्बासी बस्तीमा विरोध प्रदर्शन, विकल्प बिना हटाउन खोजिएको आरोप

प्रहार समाचार । काठमाडौं, ११ बैशाख २०८३ शुक्रवार । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा शुक्रबार (वैशाख ११) बिहान प्रदर्शन भएको छ। स्थानीय बासिन्दा तथा ‘जेनजी’ अभियन्ताहरूले संयुक्त रूपमा विरोध जनाएका हुन्। सरकारले उचित विकल्प व्यवस्था नगरी हतारमा बस्ती खाली गराउन लागेको आरोप लगाउँदै उनीहरूले नाराबाजी गरेका छन्।

प्रदर्शनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वविरुद्ध समेत नारा लगाइएको थियो। विभिन्न सन्देश लेखिएका प्लेकार्ड बोकेर उनीहरूले असन्तुष्टि व्यक्त गरेका थिए। प्रदर्शनकारीहरूले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘छाती थाप्न आऊ’ भन्ने नारा पनि लगाएका छन्।यता, केही सुकुम्बासीले भने आफ्ना घरटहराबाट सामान सारेर अन्यत्र लैजान थालेका छन्। सरकारले शनिबार (वैशाख १२) बिहानदेखि उक्त बस्ती खाली गराउने घोषणा गरिसकेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button