शिक्षाहेडलाईनव्यासगण्डकी

तनहुको बैरेनी जग्गा एकीकरण आयोजनाको ७५ प्रतिशत काम सम्पन्न

प्रहार समाचार । तनहुँ, २ बैशाख २०८३ बुधबार । तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजनाको कार्यान्वयन इकाई कार्यालय उद्घाटनसँगै आयोजनाले नयाँ गति लिएको छ। आयोजाको हाल सम्म ७५ प्रतिशत काम सम्पन्न भएको छ । तस्बिरहरु : प्रहार अनलाईन मिडिया ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेले कार्यालय उद्घाटन गर्दै अव्यवस्थित भू–उपयोगलाई वैज्ञानिक र योजनाबद्ध ढङ्गले व्यवस्थापन गर्ने उद्देश्यमा यो आयोजना महत्वपूर्ण रहेको बताए। उनले सहरीकरणलाई व्यवस्थित बनाउँदै नागरिकको जीवनस्तर उकास्ने काममा सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए।


कार्यक्रममा उपप्रमुख इन्दिरा दरैले दीर्घकालीन सहरी विकासका लागि जग्गा एकीकरण प्रभावकारी माध्यम भएको उल्लेख गरिन्।

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले यो योजना नगरको गौरवको योजना रहेको बताउँदै कार्यान्वयनमा पारदर्शिता र समयमै सम्पन्न गर्ने दायित्वमा जोड दिए ।

वडा नं. १० का निवर्तमान वडा अध्यक्ष एवं नगर विकास समितिका सदस्य तुलसीराम सापकोटाले यसलाई नगरकै गौरवको आयोजना भएको बताउँदै स्थानीयको सक्रिय सहभागिताले मात्र सफल हुने धारणा राखे।


आयोजना प्रमुख इन्जिनियर रविन्द्रलाल मूलका अनुसार हालसम्म आयोजनाको करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने अब बाँकी कामलाई तीव्र गतिमा अघि बढाइनेछ।

कार्यक्रममा वडा नं. १० का अध्यक्ष खेमराज पोख्रेलको सभापतित्व रहेको थियो भने वडा नं. २ का अध्यक्ष काशीराम श्रेष्ठले पनि मन्तव्य राखेका थिए।

उपभोक्ता समितिका अध्यक्ष श्रीराम कुँवरको सहभागितामा सम्पन्न कार्यक्रमले आयोजनाको बाँकी कार्य छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button