प्रहार समाचार । काठमाडौं, १ बैशाख २०८३ मंगलबार । नयाँ वर्ष २०८३ कै दिन आजदेखि पेट्रोलियम पदार्थको मूल्य पुनः बढेसँगै बजारमा इन्धनको खुद्रा मूल्य उच्च विन्दुमा पुगेको छ। जस्काकारण आम उपभोक्ताहरु मारमा परेका छन् ।

आयल निगमका अनुसार मंगलबार मध्यराती १२ बजेपछि लागू हुने गरि उपभक्ताहरुले अब पेट्रोलको मूल्य प्रतिलिटर २ सय १९ तिर्नु पर्ने छ भने मट्टितेल (मट्टीतेल) प्रतिलिटरलाई २ सय ७ पर्ने छ । यससँगै एलपी ग्यासको मूल्य प्रति सिलिण्डर २ हजार १० पुर्याइएको छ, जसले दैनिक उपभोगमा प्रत्यक्ष असर पार्ने देखिएको छ।निगमले पछिल्लो मूल्य समायोजनअन्तर्गत पेट्रोलमा करिब २, मट्टितेलमा झण्डै .३७ पैसा र एलपी ग्यासमा करिब ३ सय ३० को हाराहारीमा मूल्य वृद्धि गरिएको जनाएको छ।
अन्तर्राष्ट्रिय बजारबाट उच्च मूल्यमा इन्धन खरिद गर्नुपरेको कारण मूल्य बढाउन बाध्य भएको निगमको तर्क छ। यद्यपि मूल्य बढाउँदा पनि निगम अझै घाटामै रहेको बताइएको छ।निगमका अनुसार लागत मूल्य उच्च भएकाले हालको बिक्री दरमा पनि पेट्रोल, डिजेल, मट्टितेल र ग्यासमा घाटा कायम छ। यस्तो अवस्थामा उपभोक्ताले महँगो इन्धन किन्नुपर्ने र निगमले घाटा व्यहोर्नुपर्ने दोहोरो दबाब सिर्जना भएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेमा स्वदेशमा पनि मूल्य समायोजन गरिने निगमले जनाएको छ।



























