हेडलाईनसमाचारप्रदेश

प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक

प्रहार समाचार । चैत्र २९ गते आइतबार काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह को सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार उनको नाम तथा परिवारका सदस्यहरूको नाममा विभिन्न सम्पत्ति रहेको उल्लेख गरिएको छ।

विवरण अनुसार प्रधानमन्त्री शाहको आफ्नै नाममा १ करोड ४६ लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको छ, जसको स्रोत सामाजिक सञ्जालबाट आएको उल्लेख गरिएको छ। त्यस्तै, सुन, चाँदी, हिरा लगायतका गरगहना करिब १९० तोला रहेको जनाइएको छ, जुन पैत्रिक सम्पत्ति रहेको र पत्नी सविना काफ्लेको नाममा रहेको उल्लेख छ। जग्गा सम्पत्तितर्फ उनका बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको छ।

साथै काठमाडौंमा ५ आना र धनुषामा १.२ विघा जग्गा उनकी आमा धुव्रदेवी शाहको नाममा रहेको विवरणमा उल्लेख गरिएको छ।प्रधानमन्त्री शाहले प्रचलित कानुनी व्यवस्था अनुसार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button