हेडलाईनसमाचारप्रदेश

आजको मौसम : हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

प्रहार समाचार । काठमाडौँ, २८ चैत २०८२ शनिबार । आज देशको मौसममा पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ। यसको असरले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली भएको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।


जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशीसहित देशका हिमाली क्षेत्रमा बदली रहनेछ भने पहाडी क्षेत्र र कोशीको तराईमा आंशिक बदली हुनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हुरी चल्न सक्ने चेतावनी दिइएको छ।


रातिको समयमा पनि हिमाली क्षेत्रमा बदली कायम रहने र पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा केही पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना देखिएकोले महाशाखाले प्रभावित क्षेत्रका सर्वसाधारण तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button