प्रहार समाचार । तनहुँ, २७ चैत २०८२ शुक्रबार । नेपाल प्रहरी अस्पताल काठमाडौँको वार्षिक उत्सवका अवसरमा कर्णाली प्रदेश प्रहरी अस्पतालका प्रमुख डिएपी डा. श्यामकृष्ण लौडारी वर्षभरिको उत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन् । अस्पतालले वर्षभरि उत्कृष्ट कार्यसम्पादन, सेवाभाव र जिम्मेवारी निर्वाहमा देखाएको सक्रियताको आधारमा उनलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

तनहुँको भानु नगरपालिका–७, बसन्तपुरमा जन्मिएका डा. लौडारी हाल कर्णाली प्रदेश प्रहरी अस्पतालको नेतृत्व सम्हालिरहेका छन् । उनले स्वास्थ्य सेवामा निरन्तर योगदान दिँदै प्रहरी संगठनभित्र अनुकरणीय काम गर्दै आएका छन् ।
पुरस्कारले उनको कार्यक्षमता, अनुशासन र समर्पणलाई उच्च मूल्याङ्कन गरिएको अस्पताल स्रोतले जनाएको छ । साथै, आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।
























