हेडलाईनसमाचारप्रदेश

प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद विस्तार : यादव बने श्रममन्त्री

प्रहार समाचार । काठमाडौं, २७ चैत २०८२ शुक्रबार । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद विस्तार गर्दै रामजी यादवलाई श्रममन्त्री नियुक्त गरेका छन्।

नवनियुक्त श्रममन्त्री यादव फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सप्तरी–२ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन्। उनले सन् २०१७ मा काठमाडौं इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङमा स्नातक गरेका थिए ।


मन्त्री नियुक्तिपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै यादवले मधेससँगै सिंगो देश बनाउने जिम्मेवारी पाएको बताएका छन्। उनले पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button