हेडलाईनसमाचारप्रदेश

२५ वर्षीया रुवी कुमारी ठाकुर उपसभामुखमा निर्वाचित

प्रहार समाचार । काठमाडौँ, २७ चैत २०८२ शुक्रबार ।प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद २५ वर्षीया रुवी कुमारी ठाकुर निर्वाचित भएकी छन्। आज बसेको प्रतिनिधिसभा बैठकले उनलाई उपसभामुखमा निर्वाचित गरेको हो।


ठाकुरलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय २९ सांसदले मतदान गरेका थिए भने विपक्षमा ५ सांसदले मत दिएका छन्। विपक्षमा मतदान गर्ने सबै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रहेका छन्। यस्तै, २२ सांसदले भने कुनै पनि पक्षमा मतदान गरेनन्।


मतविभाजनका क्रममा प्रतिनिधिसभा बैठकमा कुल २ सय ५६ सांसद उपस्थित रहेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा ठाकुर उपसभामुख पदमा निर्वाचित भएकी हुन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button