हेडलाईनव्याससमाचारगण्डकी

स्थापना दिवस चैत ३० गते व्यास नगरपालिकामा सार्वजनिक

प्रहार समाचार । तनहुँ, २७ चैत २०८२ शुक्रबार । तनहुँको व्यास नगरपालिकाले ३४ औं वार्षिक स्थापना दिवसको अवसरमा चैत ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगर कार्यपालिकाको चैत २२ गते बसेको बैठकले स्थापना दिवस भव्य रूपमा मनाउने निर्णयसँगै स्थानीय बिदा घोषणा गरेको हो।

नगरपालिकाद्वारा जारी सूचनाअनुसार सो दिन नगरपालिका कार्यालय, वडा कार्यालयहरू तथा मातहतका स्वास्थ्य संस्थाहरू (अत्यावश्यक सेवा बाहेक) बन्द रहनेछन्। उक्त निर्णय कार्यान्वयनका लागि सबै सम्बन्धित निकायलाई जानकारी गराइएको छ।


प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले हस्ताक्षर गरेको सूचनामा स्थापना दिवसलाई व्यवस्थित रूपमा मनाउन बिदा दिइएको उल्लेख गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button