हेडलाईनव्याससमाचारगण्डकी

तालघरे आमा समूह तनहुँद्वारा बाढीपीडितका लागि एक लाख सहयोग

प्रहार समाचार । तनहुँ, १६ भदौ २०८३ मङ्गलवार । तनहुँको तालघरे आमा समूहले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख सहयोग गरेको छ। समूहले विपद्को पीडामा परेका नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले आफ्नो तर्फबाट उक्त रकम प्रदान गरेको हो। समूहकी अध्यक्ष तुलसी सापकोटाले विपद्को समयमा पीडित परिवारको साथमा उभिनु सबैको साझा दायित्व भएकाले सहयोग गरिएको बताइन्।

अध्यक्ष सापकोटाले यही भदौ १० गते चीन–नेपाल सीमा क्षेत्र केरुङ नजिकबाट चट्टान तथा लेदोसहितको हिउँपहिरो खसेपछि भोटेकोशी नदीमा आएको बाढीले जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पु¥याएको उल्लेख गरिन्। उनले विपद्को यस कठिन घडीमा बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि सहयोगी हातहरू अझै मजबुत बन्नुपर्नेमा जोड दिइन्।

आमा समूहका सल्लाहकार तथा पर्यटनविद् हरिसिङ गुरुङले प्राकृतिक विपद्का बेला सामाजिक संघसंस्था र नागरिकको सहयोगले प्रभावित परिवारलाई ठूलो हौसला दिने बताए। उनले विपद् व्यवस्थापन तथा पुनःस्थापनाका लागि राज्यसँगै समुदायको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै तालघरे आमा समूहको सहयोगले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको बताए। उनले विपद्बाट प्रभावित नागरिकको पुनःस्थापनासम्म सहयोग र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button