हेडलाईनसमाचारबन्दीपुरगण्डकीमनोरञ्जन

सर्वाधिक पुरस्कार राशिको तीज गित प्रतियोगिता तथा महोत्सव स्थगित : आदियोगी प्रज्ञा धामले विपत्तिप्रति देखायो सामाजिक संवेदनशीलता

प्रहार समाचार । तनहुँ, १६ भदौ २०८३ मङ्गलबार । देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा डुबानबाट जनधनको क्षति भइरहेका बेला तनहुँको बन्दीपुर–४ स्थित आदियोगी प्रज्ञा धामले आयोजना गर्न लागेको सर्वाधिक पुरस्कार राशिको ‘तीज विशेष सांस्कृतिक महोत्सव–२०८३’ स्थगित गरेको छ।

आगामी हरितालिका तीजको अवसरमा आयोजना गर्ने तयारी गरिएको महोत्सव प्राकृतिक विपत्तिबाट सिर्जित दुःखद परिस्थिति र मानवीय संकटलाई मध्यनजर गर्दै पूर्ण रूपमा स्थगित गरिएको आयोजकले जनाएको छ।आदियोगी प्रज्ञा धामद्वारा जारी सूचनामा विपत्तिको समयमा उत्सवभन्दा पीडित नागरिकको अवस्थाप्रति संवेदनशील हुनुपर्ने भएकाले कार्यक्रम स्थगित गरिएको उल्लेख छ।

तीज विशेष मूल आयोजक समिति, बन्दीपुर–४ की कार्यक्रम संयोजक कमला तिवारीले विपत्तिमा परेका नागरिकको पीडालाई ध्यानमा राख्दै महोत्सव स्थगित गर्ने निर्णय गरिएको बताइन्। उनका अनुसार कार्यक्रमका लागि तयारी अघि बढिसकेको भए पनि मुलुकको वर्तमान परिस्थितिलाई प्राथमिकतामा राख्दै उत्सव स्थगित गर्नु उचित ठानिएको हो। कार्यक्रम स्थगित हुँदा सहयोगी महानुभाव तथा दिदीबहिनीहरूमा पर्न गएको असुविधाप्रति आयोजक संस्थाले क्षमायाचना गरेको छ।

मूल आयोजक समितिकी सहसंयोजक रेखा बानियाँले विपद्को समयमा सामाजिक संवेदनशीलता र मानवीय दायित्वलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिन् । भ सदस्य सङ्गिता तिमल्सेनाले पनि वर्तमान संकटको अवस्थामा कार्यक्रम स्थगित गर्ने निर्णय आवश्यक रहेको बताइन्। आयोजकले महोत्सवको नयाँ मिति वा आगामी कार्यक्रमबारे आवश्यक जानकारी पछि सार्वजनिक गर्ने जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button