प्रहार समाचार । तनहुँ, १६ भदौ २०८३ मङ्गलवार । राष्ट्रिय विपत्तिको विषम परिस्थितिलाई मध्यनजर गर्दै व्यास नगरपालिका–१ स्थित जनचेतना टोल विकास संस्था र जनचेतना आमा समूहले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रधानमन्त्री राहत कोषमा ५० हजार सहयोग गर्ने निर्णय गरेका छन्।

टोल विकास संस्थाले २५ हजार रुपैया प्रदान गर्ने निर्णय गरिएको टोल विकास संस्थाका अध्यक्ष बिदुर मल्लले जानकारी दिए । त्यस्तै आमा समूहद्धारा २५ हजार प्रदान गर्ने निर्णय गरीएको आमा समुहकी अध्यक्ष सरिता थापाले बताइएन । यसरी राहत कोषमा कुल ५० हजार जम्मा गर्ने निर्णय भएको छ । विपतमा परेका नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गर्ने निर्णय गरिएको जनचेतना टोल विकास संस्था र आमा समूहले जनाएका छन्।

राष्ट्रिय विपत्तिका बेला आफ्नो नियमित गतिविधिभन्दा पीडित नागरिकको सहयोगलाई प्राथमिकता दिँदै सामूहिक रूपमा राहत कोषमा योगदान गर्ने निर्णय गरिएको हो। जनचेतना टोल विकास संस्था र आमा समूहले विपत्तिबाट प्रभावित नागरिकको पीडामा थोरै भए पनि राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको बताएका छन्। उनीहरूले संकटका बेला समाजका सबै पक्षले आफ्नो क्षमता र सामर्थ्यअनुसार मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
















