हेडलाईनसमाचारविजनेसप्रदेश

लमजुङमा विद्युतीय सुरक्षा दिवस मनाइयो, जोखिमबाट जोगिन सचेत रहन आग्रह

• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, २७ चैत २०८२ शुक्रबार । नेपाल विद्युत प्राधिकरण अन्तर्गत रहेको लमजुङ वितरण केन्द्र, बेसीशहरले “विद्युतीय खतराबाट बचौं र बचाऔं” भन्ने नारासहित विद्युतीय सुरक्षा दिवस २०८२ मनाएको छ। प्राधिकरणले प्रत्येक वर्ष चैत २६ गतेलाई विद्युतीय सुरक्षा दिवसका रूपमा मनाउँदै आएको छ।

बिहीबार आयोजित कार्यक्रममा वितरण केन्द्रका प्रमुख सोवित बहादुर क्षेत्रीले घरायसी तथा व्यावसायिक प्रयोजनमा विद्युत् प्रयोग गर्दा अनिवार्य रूपमा सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरे। उनले जीर्ण तार तथा संरचनाको समयमै मर्मत गर्न, जोखिमपूर्ण व्यवहार नगर्न र सुरक्षित विद्युत् प्रयोगलाई दैनिक जीवनको संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा लेखाप्रमुख मणिराम पौडेलले सुरक्षासम्बन्धी आवश्यक उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै सचेतना फैलाउने उद्देश्यले प्रभातफेरीसहित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।प्राधिकरणका कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रमको सहजीकरण प्रशासन प्रमुख रञ्जना कटेलले गरेकी थिइन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button