हेडलाईनसमाचारविजनेसप्रदेश

पेट्रोलियम पदार्थ तथा एलपी ग्यासमा पनि भारी मूल्य वृद्धि : नागरिक मारमा

प्रहार समाचार । काठमाडौं, २७ चैत २०८२ शुक्रबार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा बढाएको छ भने खाना पकाउने एलपी ग्यासमा पनि प्रतिशिलिन्डर भारी वृद्धि गरेको छ। जस्का कारण आम सर्वसाधरण नागरिकहरू ठूलो मारमा परेका छन् ।

निगमले बिहीबार राति १२ बजेपछि लागू हुने गरी नयाँ मूल्य सार्वजनिक गरेको हो। नयाँ दर अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ बढाइएको छ। त्यसैगरी, एलपी ग्यासमा प्रतिशिलिन्डर १०० रुपैयाँ वृद्धि गरिएको छ। आन्तरिक हवाई इन्धनमा पनि ६ रुपैयाँले मूल्य बढाइएको निगमले जनाएको छ।

मूल्यवृद्धिपछि पेट्रोल पहिलो वर्गमा २१६.५०, दोस्रो वर्गमा २१८ र तेस्रो वर्गमा २१९ रुपैयाँ प्रतिलिटर पुगेको छ। डिजेल र मट्टितेल पहिलो वर्गमा २०४.५०, दोस्रोमा २०६ र तेस्रोमा २०७ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यास १४.२ केजी सिलिन्डरको २०१० रुपैयाँ र ७.१ केजीको १००५ रुपैयाँ कायम भएको छ। आन्तरिक हवाई इन्धनको मूल्य २५७ रुपैयाँ पुगेको निगमले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button