हेडलाईनव्याससमाचारगण्डकी

नव आदर्श आमा समूहको २२औँ साधारणसभा तथा १३औँ अधिवेशन सम्पन्न : नयाँ कार्यसमिति चयन

प्रहार समाचार । तनहुँ, २१ चैत २०८२ शनिबार । जिल्लाको व्यास नगरपालिका–१ गल्बुबेसीस्थित नव आदर्श टोलमा रहेको नव आदर्श आमा समूहको २२औँ साधारणसभा तथा १३औँ अधिवेशन सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै वडा नं. १ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले समुदायको विकासमा आमा समूहहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सामाजिक एकता र सक्रिय सहभागितामा जोड दिए।

कानुनी सल्लाहकार डम्बरदेव हड्खले, समूहका पूर्व अध्यक्ष चन्द्रग्यानी थापा तथा टोल अध्यक्ष सावित्री हडखलेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

अधिवेशन समूहकी अध्यक्ष सीता अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो। अधिवेशनबाट पार्वती हडखलेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।


नयाँ कार्यसमितिको उपाध्यक्षमा कल्पना हड्खले, सचिवमा मधु अधिकारी, कोषाध्यक्षमा रामेश्वरी लौडारी चयन भएका छन्। सदस्यहरूमा मनबुजा अधिकारी, शान्ता गुरुङ, सपना अधिकारी, शकुन्तला के.सी., सावित्री लौडारी, मिनुता अधिकारी र कृष्णदेवी कुँवर सर्वसम्मत चयन भएको कानुनी सल्लाहकार तथा निर्वाचन संयोजक अधिवक्ता डम्बरदेव हड्खलेले जानकारी दिए । कार्यक्रममा कोषाध्यक्ष सुष्मा सिलवालले आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको सहजिकरण सचिव कल्पना हड्खलेले गरेकी थिइन्।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button