हेडलाईनसमाचारगण्डकी

लमजुङमा बोलेरो जीप दुर्घटना : २ को मृत्यु, १२ जना घाइते

• विजय अधिकारी (संवाददात) प्रहार समाचार । लमजुङ, २१ चैत २०८२ शनिबार । लमजुङमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
सदरमुकाम बेसीशहरबाट मर्स्याङ्दी गाउँपालिका–७ छिनखोला जाँदै गरेको ग१ज ६४७० नम्बरको बोलेरो जीप आज अपराह्न करिब ४ बजे दुर्घटनामा परेको हो। क्षमताभन्दा बढी यात्रु बोकेको उक्त जीप माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशय नजिकै उकालोको घुमाउरो सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

घटनास्थल पुगेका खुदी प्रहरी चौकीका प्रमुख सई रञ्जन अम्गाईंका अनुसार दुर्घटनामा परी मर्स्याङ्दी–७ उस्ताकी ३२ वर्षीया गंगामाया गुरुङ (त्रिवेणी गुरुङ) र ३५ वर्षीया पुष्पा घलेको मृत्यु भएको हो। उनीहरूलाई उपचारका लागि बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार घाइतेमध्ये उस्ताकै ४० वर्षीया विमलादेवी घले, ३३ वर्षीया रिता गुरुङ र ७ वर्षीय सफल गुरुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ।


अन्य घाइतेमध्ये ५७ वर्षीय सन्तबहादुर घर्ती, ३८ वर्षीय सोमलाल तामाङ, १० वर्षीया प्रिशिका गुरुङ र ४८ वर्षीय रुद्रमान घलेको अवस्था मध्यम रहेको छ। चालक २९ वर्षीय करण अधिकारीसहित ३१ वर्षीय प्रकाश गुरुङ, ९ वर्षीय इन्द्र गुरुङ, ११ वर्षीय रितेश गुरुङ र ११ वर्षीय विमान घलेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


घाइतेहरूको उपचार बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button