हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

आजको मौसम : देशका विभिन्न क्षेत्रमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

प्रहार समाचार । काठमाडौँ, २१ चैत २०८२ शनिबार । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली कायम रहेको छ ।


आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने र केही स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिमका तराई क्षेत्रसहित अन्य पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ ।


आज राति पनि देशका पहाडी र हिमाली क्षेत्रमा बदली रहने र केही स्थानमा मेघगर्जन–चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button