हेडलाईनव्याससमाचारगण्डकी

ड्रागन फ्रुट खेतीबाट उदाहरणीय बनेकी कल्पना गौली ‘भानु–घाँसी सम्मान–२०८२’ बाट सम्मानित

प्रहार समाचार । तनहुँ, २० चैत २०८२ शुक्रबार । तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्दै आएकी कल्पना गौली ‘भानु–घाँसी सम्मान–२०८२’ बाट सम्मानित भएकी छन्।

गाउँ सेवा कोष तनहुँले आयोजना गरेको कार्यक्रममा गौलीलाई नगद ११ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो। उनलाई व्यासका अध्येता वरिष्ठ साहित्यकार काशीनाथ न्यौपाने, कोषका अध्यक्ष श्यामसुन्दर अधिकारी र सदस्य सचिव रामजी अधिकारीले संयुक्त रूपमा सम्मान गरेका हुन्।

१६ वर्षसम्म विद्यालयमा अङ्ग्रेजी विषय अध्यापन गरेकी गौलीले शिक्षण पेशा छाडेर कृषि क्षेत्रमा लागेपछि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएकी छन्। उनले व्यास–५ ढोडेनीस्थित अम्बे अलौकिक कृषि फर्ममार्फत उत्पादन बढाउँदै स्थानीय स्तरमै उदाहरणीय काम गरिरहेकी छन्।

उनको मेहनत र उद्यमशीलताले कृषि पेशालाई सम्मानजनक बनाउँदै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिएको आयोजकले जनाएको छ। साथै, उनले आफ्नो आम्दानीको करिब २० प्रतिशत हिस्सा ग्रामीण क्षेत्रका विपन्न बालबालिकाको शिक्षा र न्यानो कपडामा खर्च गर्दै आएकी छन्।


गौलीले “माटो र प्रकृति नै मेरो भगवान् हो” भन्ने विश्वाससहित कृषि कर्ममा निरन्तर लागिरहेकी छन्। उनको यो यात्राले श्रमको सम्मान र आत्मनिर्भर जीवनशैलीतर्फ समाजलाई प्रेरित गरेको छ। गाउँ सेवा कोष तनहुँका अनुसार कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने व्यक्तिलाई हरेक वर्ष ‘भानु–घाँसी सम्मान’ प्रदान गर्दै आइएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button