हेडलाईनसमाचारगण्डकी

आजबाट देशभर एसईई परीक्षा सुरु : लमजुङमा २ हजार ८ सय बढि विद्यार्थी सहभागी

• विजय अधिकारी ( संवाददाता ) लमजुङ, १९ चैत २०८२ बिहीबार । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लमजुङ जिल्लाभर २ हजार ८ सय १७ जना विद्यार्थी सहभागी भएका छन् ।


शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका अनुसार नियमिततर्फ साधारण धारामा २ हजार १ सय ५४ र प्राविधिक धारामा १ सय २५ जना रहेका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ साधारणमा ४ सय ९६ र प्राविधिकमा ४२ जना विद्यार्थी परीक्षामा सहभागी भइरहेका छन् ।

.
परीक्षा सञ्चालनका लागि जिल्लाभर १३ वटा परीक्षा केन्द्र तोकिएको छ । केन्द्रहरूमा जन विकास माध्यमिक विद्यालय चण्डीडाँडा, जन विकास माध्यमिक विद्यालय बेसीशहर, बाल कल्याण माध्यमिक विद्यालय भकुण्डे, भक्ति नमुना माध्यमिक विद्यालय भोटोडार, आदर्श बाल माध्यमिक विद्यालय सुन्दरबजार, विद्याज्योति माध्यमिक विद्यालय खहरे, शैलपुत्री माध्यमिक विद्यालय धमिलिकुवा, बुद्ध मिलन माध्यमिक विद्यालय प्यारजुङ, ईशानेश्वर माध्यमिक विद्यालय भोर्लेटार, भैरवकाली माध्यमिक विद्यालय दुईपिप्ले, चैतन्योदय सत्य माध्यमिक विद्यालय नौथर र अमर माध्यमिक विद्यालय खुदी रहेका छन् ।


परीक्षालाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ लमजुङले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button