लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीUncategorizedसबै प्रदेश

पहिलो बैठकमै तीन अध्यादेश, के आजै सुरु होला सभामुख चयन प्रक्रिया?

प्रहार समाचार । काठमाडौं, १९ चैत्र २०८२ बिहिवार । संविधानअनुसार आजबाट सुरु हुने प्रतिनिधिसभाको पहिलो बैठकले सभामुख चयन प्रक्रियाको थालनी गर्न सक्नेछ। पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने बाध्यकारी व्यवस्था भएकाले प्रारम्भिक बैठकबाटै यसको प्रक्रिया अघि बढाइने तयारी गरिएको हो। बैठकको सुरुआतमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र, प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी विवरण पढेर सुनाउनेछन्।

साथै, आफ्नो अनुपस्थितिमा बैठक सञ्चालन गर्ने तीन सदस्यको नाम पनि प्रस्ताव गर्ने कार्यसूची छ। यसैबीच, गृहमन्त्री सुधन गुरुङले तीन महत्वपूर्ण अध्यादेश प्रस्तुत गर्ने भएका छन्। सम्भावित कार्यसूचीअनुसार ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गरिनेछ।बैठकको अन्त्यमा संविधानसभा तथा संसद्का दिवंगत सदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहोराको स्मृतिमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ।संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्ति पूरा भइसकेको छ।

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक भने सचिवालयस्थित राष्ट्रियसभा कक्षमै बस्नेछ।संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसद् अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ। निर्वाचन आयोगले चैत ५ गते उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइसकेको छ।हाल २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा (एमाले) का २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७, राप्रपाका ५ तथा एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button