हेडलाईनसमाचारगण्डकी

आजबाट देशभर एसईई परीक्षा सुरु : तनहुँमा ६ हजार बढी विद्यार्थी सहभागी

प्रहार समाचार । तनहुँ, १९ चैत २०८२ बिहीबार । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा तनहुँ जिल्लाभर ६ हजार १५५ विद्यार्थी सहभागी भइरहेका छन् । परीक्षाका लागि जिल्लामा २२ वटा परीक्षा केन्द्र तोकिएको छ ।


शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका अनुसार नियमिततर्फ ४ हजार ९ सय ४० र ग्रेडवृद्धितर्फ १ हजार २ सय १५ विद्यार्थी परीक्षामा सहभागी भइरहेका छन् ।


परीक्षा केन्द्रका रूपमा महेश संस्कृत गुरुकुल देवघाट, मित्रता मावि सत्रसय, पवित्रा मावि पिप्ले, भानु मावि बन्दीपुर, होमराज लोहनी शारदा शिक्षा सदन नारेश्वरटार, चोक मावि रामपुरटार, निर्मल मावि भादगाउँ, जलदेवी मावि भादगाउँ, सत्यवती मावि दमौली, बालमन्दिर मावि दमौली, महर्षि संस्कृत मावि दमौली, चण्डीदेवी मावि कुमालटारी, मिन मावि थर्पु, सरस्वती नमूना मावि खैरेनीटार, खैरेनी मावि खैरेनीटार, पञ्चमुनीदेव मावि दुलेगौडा, हंशवाहिनी मावि एक्लेखेत, गाउँफर्कोदय मावि ढोरफिर्दी, जनज्योति मावि भिमाद, धर्म मावि भिमाद, शिवसरस्वती मावि ऋषिङ र चन्द्रज्योति मावि केन्दलाई केन्द्र तोकिएको छ ।
परीक्षालाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न आवश्यक तयारी पूरा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button