हेडलाईनव्याससमाचारगण्डकीनगरपालिका /गाउँपालिकास्वास्थ्य

तनहुँमा राष्ट्रसेवक कर्मचारीका लागि नि:शुल्क योग – तनाव व्यवस्थापन शिविर सुरु

प्रहार समाचार । तनहुँ, १७ चैत २०८२ मंगलबार । कर्मचारी मिलन केन्द्र तनहुँ र आधिकारिक ट्रेड यूनियन तनहुँको संयुक्त पहलमा राष्ट्रसेवक कर्मचारीका लागि नि:शुल्क योग तथा तनाव व्यवस्थापन शिविर आजबाट दमौलीमा सुरु भएको छ ।

कार्यक्रमको जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्याय र प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले संयुक्त रूपमा सुरुवात गरेका थिए ।

त्यस अवसरमा बोल्दै न्यायाधीश उपाध्यायले कर्मचारीहरूको मानसिक सन्तुलन र स्वास्थ्यमा योगको योगदानमा जोड दिँदै यस किसिमका कार्यक्रमहरू नियमित सञ्चालनको आवश्यकता औँल्याए। प्रमुख जिल्ला अधिकारी तिवारीले कर्मचारीहरूको कार्यक्षमता वृद्धि र मानसिक स्वास्थ्य सुधारका लागि यस प्रकारको पहल महत्वपूण भएको बताए।

तनहुँ उद्योग वाणिज्य संघको सभा हलमा सञ्चालन भएको कार्यक्रममा पतञ्जली योग समिति तनहुँका वरिष्ठ उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले योग अभ्यास र तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण प्रदान गरिरहेका छन्। कार्यक्रममा दमौलीस्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको उत्साहजनक उपस्थिति देखिएको आयोजकले जनाएको छ।


कार्यक्रममा कर्मचारी मिलन केन्द्रका अध्यक्ष मनोज रानाभाट, पतञ्जली योग समिति तनहुँका अध्यक्ष दिल बहादुर आले, व्यास नगर अध्यक्ष कुमार श्रेष्ठ लगायतका प्रमुख प्रतिनिधि र योग प्रशिक्षकहरूको सहभागिता रहेको थियो।

शिविर पतञ्जली योग समितिको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ र चैत २६ गतेसम्म चल्नेछ। कार्यक्रमको सहजिकरण आधिकारिक ट्रेड यूनियन तनहुँका अध्यक्ष रामहरि खनालले गरेका थिए ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button