प्रहार समाचार । तनहुँ , १७ चैत २०८२ मंगलबार । जिल्लाको देवघाट गाउँपालिका–४, काफलडाँडा भित्री सडक खण्डमा आज भएको ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यू भएको छ भने चालक घाइते भएका छन् ।

नारायणघाटबाट सिङतानतर्फ जाँदै गरेको ग १ त १५२३ नं.को ट्याक्टर सडकबाट करिब १५ मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा देवघाट १ का बालक शिव बहादुर गुरुडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
दुर्घटनामा ट्याक्टर चालक देवघाट–१ कै ३० वर्षीय विष्णु माझीको मुख, नाक र छातिमा भित्री चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ । प्रहरीले घटनास्थलमा थप अनुसन्धान जारी राखेको छ। दुर्घटनाका कारण, ट्याक्टरको गति नियन्त्रण गुमाउनु र सडकको खाल्डाखुल्डी मुख्य कारण मानिएको बताइएको छ।



























