हेडलाईनव्याससमाचारगण्डकी

व्यास–४ मा सचिव सरुवा, स्वयंसेविका बिदाइ र नयाँ सचिवलाई स्वागत

प्रहार समाचार । तनहुँ, १७ चैत २०८२ मंगलबार । व्यास नगरपालिका–४ मा निबर्तमान वडा सचिव विश्वनाथ पौडेलको आज सरुवा बिदाइ गरिएको छ । उनी ७ महिनाको कार्यकाल पूरा गरी व्यास नगरपालिका कार्यालयमा सरुवा भएका हुन् । सोही कार्यक्रममा करिब ३४/३५ वर्षसम्म महिला स्वयंसेविकाका रूपमा सेवा गरेकी नानुमाया बस्नेतलाई उमेर हदका कारण बिदाइ गरिएको छ ।

त्यसैगरी, वडामा नयाँ सचिव मीना लामिछानेलाई स्वागत गरिएको छ । वडा अध्यक्ष ले. मनबहादुर गुरुङ, वडा सदस्यहरु सरोज भण्डारी, गौकुमारी न्यौपाने र राधा विकलगायत जनप्रतिनिधिहरुले संयुक्त रूपमा स्वागत तथा बिदाइ गरेकाे वडा कार्यालयले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button