आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

पृथ्वी राजमार्गमा लागुऔषध ‘क्यारियर’ जालो पर्दाफास, दुई युवा पक्राउ

प्रहार समाचार । तनहुँ, १७ चैत २०८२ मंगलबार । तनहुँको आँबुखैरेनी पृथ्वी राजमार्गलाई प्रयोग गरेर लागुऔषध ओसारपसार भइरहेको संकेत देखिएपछि प्रहरीले चेकजाँच कडाइ गर्दा दुई युवा ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ परेका छन्।

सोमबार साँझ आँबुखैरेनी गाउँपालिका–२ ढापटार क्षेत्रमा खटिएको प्रहरी टोलीले सवारी साधन तथा शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको थियो। सोही क्रममा डुम्रेबाट आँबुखैरेनीतर्फ पैदल आउँदै गरेका २७ वर्षीय आमोस तामाङलाई जाँच गर्दा डाइजेपाम, फेनरगन र बुप्रेनोर्फिन गरी ३ एम्पुल लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।


त्यसैगरी सोही क्षेत्रका ३० वर्षीय प्रितम थापालाई पनि नियन्त्रणमा लिइएको छ। उनको साथबाट लुकाइछिपाइ राखिएको अवस्थामा ट्रामाडोल १७०० क्याप्सुल र डाइजेपाम, फेनरगन तथा बुप्रेनोर्फिन गरी थप ३० एम्पुल लागूऔषध बरामद भएको छ।


प्रहरीका अनुसार पृथ्वी राजमार्ग पछिल्लो समय लागूऔषध ओसारपसारको ‘ट्रान्जिट रुट’का रूपमा प्रयोग भइरहेको आशंका बढ्दो छ। पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button