हेडलाईनसमाचारसबै प्रदेश

एमालेका नेता मल्ल बलत्कारको आरोपमा पक्राउ

प्रहार समाचार । काठमाडौँ, १४ चैत २०८२ शनिबार । सत्ता र शक्तिको पहुँचभित्र रहेका राजनीतिक पात्रमाथि गम्भीर आपराधिक आरोप लाग्ने क्रम बढिरहेका बेला नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् । बलात्कार सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई शनिबार सातदोबाटोबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले दिएको जानकारी अनुसार मल्लविरुद्ध एक युवतीले बलात्कारको किटानी जाहेरी दर्ता गराएकी थिइन् । पीडितका अनुसार बालकुमारीस्थित एक होटलमा मल्लले आफूलाई जबरजस्ती करणी गरेको आरोप छ । जाहेरीका आधारमा अनुसन्धान थालेको प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।


घटनामा नयाँ मोड त्यतिबेला आयो जब पीडितले सुरुमा भ्रुणहत्या सम्बन्धी जाहेरी दर्ता गराए पनि पछि बयान फेर्दै बलात्कारको आरोप अघि सारेकी थिइन् । प्रहरी स्रोतका अनुसार प्रारम्भिक उजुरी र पछिल्लो आरोपबीचको अन्तर पनि अनुसन्धानको मुख्य विषय बनेको छ । पीडित महिला कालिकोटकी स्थानीय हुन् भने आरोपी मल्ल मुगु घर भएका एमालेका प्रदेश सदस्य हुन् ।


यो घटनाले फेरि एकपटक राजनीतिक पहुँच र कानुनी उत्तरदायित्वबीचको प्रश्न उठाएको छ । सत्तासँग निकट व्यक्तिमाथि यस्ता गम्भीर आरोप लाग्दा निष्पक्ष अनुसन्धान हुने कि नहुने भन्ने चासो समेत बढेको छ । प्रहरीले भने कानुनभन्दा माथि कोही नरहेको भन्दै तथ्यका आधारमा अनुसन्धान अगाडि बढाइने स्पष्ट पारेको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button