Uncategorized

एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ पछि काठमाडौ को अवस्था तनाव ग्रस्थ बन्दै

प्रहार समाचार । काठमाडौं, १४ चैत २०८२ शनिवार । नयाँ सरकारको निर्देशनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बिहान उनकै निवासबाट प्रहरीले पक्राउ गरेपछि नेकपा एमाले आक्रोशित बनेको छ। पक्राउ लगत्तै पार्टीका शीर्ष नेताहरूबीच आपतकालीन छलफल सुरु भएको छ भने देशभरका कार्यकर्ताहरूलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा एमाले कार्यकर्ताहरू सडकमा उत्रिएका छन्। उनीहरूले टायर बाल्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्। केही स्थानमा सवारी आवागमन अवरुद्ध भएको छ भने सर्वसाधारण पनि प्रभावित भएका छन्।

राजधानीको अवस्था क्रमशः तनावग्रस्त बन्दै गएको छ।एमालेले प्रेस विज्ञप्ति जारी गर्दै ओलीको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिएको छ। पार्टीले तत्काल रिहाइको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ। आन्दोलनका कार्यक्रमहरू क्रमशः सार्वजनिक गरिने बताइएको छ।उता, सरकारले भने कानुनी प्रक्रिया अनुसार नै कारबाही गरिएको जनाएको छ।

गृह मन्त्रालयका स्रोतका अनुसार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। प्रहरीले सम्भावित झडपलाई ध्यानमा राख्दै काठमाडौँका संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा बनाएको छ। ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने भीड नियन्त्रणका लागि तयारी अवस्थामा राखिएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button