लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीसबै प्रदेश

एक्सनमा बालेन्द्र सरकार : यसरी पक्राउ गरियो पूर्व प्रधानमन्त्री ओलीलाई

प्रहार समाचार । काठमाडौं, १४ चैत २०८२ शनिवार । भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आज बिहान करिब साढे ४ बजे प्रहरी टोली पुगेको थियो। त्यसअघि गृहमन्त्री सुधन गुरुङ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच राति अबेरसम्म छलफल भएको थियो। भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने निर्णय गरेपछि ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ पर्न सक्ने आकलन गरिएको थियो।

प्रहरी टोली पुग्दा नेकपा (एमाले) का केही कार्यकर्ता पनि गुण्डुमा भेला भइसकेका थिए। एसएसपी होबिन्द्र बोगटी र सन्तोष खड्काको नेतृत्वमा प्रहरी परिचालित भएको थियो भने भक्तपुरका एसपी सूर्यबहादुर खड्का पनि आफ्नो टोलीसहित घ पुगेका थिए। करिब २५० जना नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित झण्डै ६ सय सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।

प्रहरी पुगेपछि सुरुवातमा ओली निवासको गेट खोलिएन। गेट खोल्ने क्रममा प्रहरी र एमाले कार्यकर्ताबीच केहीबेर धकेलाधकेल भएको थियो। एक प्रहरी अधिकृतका अनुसार कार्यकर्ताले ढुंगा प्रहार समेत गरेका थिए। त्यसपछि प्रहरीले गेट तोडेर भित्र प्रवेश गरेको थियो।अनुसन्धान अधिकृतहरूले ओलीलाई पक्राउ पुर्जी देखाएपछि उनले सरसर्ती पढ्दै ‘म फेस गर्छु’ भनेका थिए। पक्राउ पुर्जीमा ज्यानसम्बन्धी कसुरको अनुसन्धानका लागि तत्काल पक्राउ गर्नुपरेको उल्लेख थियो।

राति करिब २ बजेतिर सुतेका ओली प्रहरी पुगेपछि उठेका थिए। आफू अस्वस्थ रहेको बताएका उनले दुईजना कानुन व्यवसायीसँग परामर्श गरेपछि प्रहरीसँग जान सहमत भए।ओलीलाई कुन सवारी साधनमा लैजाने भन्नेबारे पनि छलफल भएको थियो। अन्ततः उनले प्रयोग गर्दै आएको बा.१८ च ४८४५ नम्बरको सरकारी सुविधा प्राप्त टोयोटा जिपमै उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याइएको थियो।

ओलीलाई बिहान ६ बजेर १७ मिनेटमा औपचारिक रूपमा पक्राउ गरिएको हो। हाल उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएको छ। ओली पक्राउ परिसकेपछि अब अरु को को पकाउ पर्छन् ? त्यो भने हेर्न बाँकी छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button