हेडलाईनसमाचार

बालुवाटारमा प्रधानमन्त्री बालेनद्वारा विशेष पूजाआजा

प्रहार समाचार । काठमाडौं, १३ चैत २०८२ शुक्रबार । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारी निवास बालुवाटारमा विशेष पूजाआजा गरेका छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलो पटक बालुवाटार प्रवेश गर्दै उनले धार्मिक परम्पराअनुसार विधिपूर्वक पूजाआजा सम्पन्न गरेका हुन्। प्रधानमन्त्री शाहले देशमा सुशासन, आर्थिक समृद्धि र राजनीतिक स्थायित्व कायम होस् भन्ने कामनासहित पूजाआजा गरेको जनाइएको छ।

स्रोतका अनुसार पूजाआजा कार्यक्रममा वैदिक मन्त्र उच्चारणसहित विभिन्न धार्मिक विधिहरू सम्पन्न गरिएको थियो। पूजाआजामा प्रधानमन्त्रीका परिवारका सदस्य, केही निकट सहयोगी तथा धार्मिक गुरुहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री निवासमा गरिएको यस्तो धार्मिक कार्यक्रमलाई नयाँ कार्यकालको शुभारम्भका रूपमा पनि हेरिएको छ। यसैबीच, प्रधानमन्त्री शाहले अब सरकारको प्राथमिकता सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button