प्रहार समाचार । तनहुँ, १३ चैत २०८२ शुक्रबार । बीपी विचार समाज तनहुँको सातौं जिल्ला अधिवेशन दमौलीमा आज सम्पन्न भएको छ। अधिवेशनले संगठनात्मक नेतृत्व चयनसँगै नेपाली राजनीतिमा सिद्धान्तको भूमिका र वर्तमान सत्ता–केन्द्रित प्रवृत्तिबारे छलफल गरेको छ ।

कार्यक्रममा बोल्दै बीपी विचार समाजका केन्द्रीय उपाध्यक्ष गोविन्दराज जोशीले बीपी कोइरालाका विचार, सिद्धान्त र आदर्शलाई पुनः जनस्तरमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए। उनले कांग्रेसले बीपीको सिद्धान्तबाट विचलित हुँदा सत्ता–केन्द्रित राजनीति हाबी भएको उल्लेख गरे।
अधिवेशनले प्रताप सिंह अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। समाजको उपसभापतिमा क्याप्टेन रेशम बहादुर गुरुङ, कोषाध्यक्षमा भीमकुमार श्रेष्ठ, सह–सचिवमा लालमती गुरुङ चयन भएका छन्। सदस्यहरूमा नरनाथ काफ्ले, इन्द्रबहादुर दरै, दीर्घबहादुर थापा क्षेत्री, केशरबहादुर गुरुङ, नरेन्द्र थापा, इन्द्रप्रसाद पौडेल, हरिप्रसाद भण्डारी, विजयराज भट्टराई, विष्णुप्रसाद श्रेष्ठ, राजकुमार श्रेष्ठ र तुलसी सिग्देल रहेका छन्।
निर्वाचन समितिका संयोजक अधिवक्ता ऋषिराम पोख्रेलका अनुसार विधानअनुसार जिल्ला समितिमा २१ सदस्य रहने व्यवस्था छ। सभापति र सदस्यहरू निर्वाचित हुने तथा अन्य पदाधिकारी सभापतिबाट मनोनयन गरिने प्रावधान रहेको जानकारी दिइएको छ। कार्यक्रम समाजका केन्द्रीय सदस्य तथा जिल्ला सभापति हरिशरण पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो ।



























