हेडलाईनसमाचारगण्डकी

गण्डकी प्रदेशको हातमा तीन शक्तिशाली मन्त्रालय

• विजय अधिकारी( संवाददाता ) प्रहार समाचार । काठमाडौँ, १३ चैत २०८२ शुक्रबार । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ क्याबिनेटमा गण्डकी प्रदेशले एकैचोटि तीन शक्तिशाली मन्त्रालय हात पारेको छ । गोरखा–१ का सुदन गुरुङ गृह, तनहुँ–१ का डा. स्वर्णिम वाग्ले अर्थ र कास्की–१ का खडकराज (गणेश) पौडेल पर्यटन मन्त्री बनेसँगै गण्डकीको केन्द्रमा प्रभाव उल्लेख्य रूपमा बढेको देखिएको छ ।

विशेषगरी पोखराका लागि यो उपलब्धि प्रतीकात्मक मात्र होइन, रणनीतिक पनि बनेको छ । करिब ६ वर्षपछि पर्यटन मन्त्रालय गण्डकीमै फर्किँदा पर्यटन राजधानीको रूपमा चिनिने पोखराको राजनीतिक वजन फेरि उकासिएको सन्देश गएको छ । गृह र अर्थ जस्ता ‘निर्णायक’ मन्त्रालयसँगै पर्यटन पनि जोडिँदा गण्डकीको उपस्थिति सत्ताको केन्द्रमै मजबुत देखिन्छ ।
तर, क्याबिनेटको भित्री शक्ति समीकरण हेर्दा तस्वीर फरक देखिन्छ । गण्डकीका १८ निर्वाचन क्षेत्रमध्ये बहुमत जितेको रवि पक्ष अपेक्षाअनुसार सशक्त देखिन सकेको छैन । मन्त्री बाँडफाँटमा बालेन पक्ष हाबी हुँदा गण्डकीभित्रै गुटगत सन्तुलन बिग्रिएको आकलन गरिएको छ ।


झन्, डा. स्वर्णिम वाग्लेले छुट्टै धार सम्हाल्दै अर्थ मन्त्रालय हात पार्नुले आन्तरिक शक्ति संघर्षलाई सतहमा ल्याएको छ । यसले गण्डकीले ‘पावर मन्त्रालय’ त जित्यो, तर एकीकृत राजनीतिक प्रभाव भने गुमाउने जोखिम बढेको विश्लेषण सुरु भएको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button