हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

भारतका प्रधानमन्त्री मोदीद्वारा बालेन्द्र शाहलाई बधाई, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

प्रहार समाचार । काठमाडौं, १३ चैत २०८२ शुक्रबार । भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मोदीले शाहको नेतृत्वप्रति नेपाली जनताले देखाएको विश्वासको प्रशंसा गरेका छन्। मोदीले बधाई सन्देशमा नेपाल भारतबीचको मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्‍याउने अपेक्षा समेत व्यक्त गरेका छन्।

मोदीले दुई देशका जनताको पारस्परिक हितका लागि मिलेर काम गर्न उत्सुक रहेको पनि उल्लेख गरेका छन्। मोदीको यो अभिव्यक्तिलाई नेपाल भारत सम्बन्धलाई थप मजबुत बनाउने संकेतका रूपमा हेरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button