प्रहार समाचार । काठमाडौँ, १३ चैत २०८२ शुक्रबार । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान उक्त नियुक्ति गरिएको हो।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नयाँ सरकार गठनका लागि प्रस्तुत दाबीका आधारमा संवैधानिक प्रावधानअनुसार शाहलाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।

नवनियुक्त प्रधानमन्त्री शाहले आज १२ बजेर ३४ मिनेटको साइतमा बैदिक परम्परा अनुसार पद तथा गोपनीयताको शपथ लिने छन्। शपथ लिए सङ्गै विश्वासको मत लिनुपर्ने छ ।



























