आँबुखैरेनीलुम्बिनीकोशीव्यासहेडलाईनमदेशभानुसमाचारबन्दीपुरकर्णालीसुदुर पश्चिमदेवघाटगण्डकीबागमतीप्रदेश

तनहुँ–१ बाट विजयी स्वर्णिम वाग्लेले लिए प्रतिनिधि सभा सदस्यको शपथ

प्रहार समाचार । काठमाडौँ, १२ चैत्र २०८२ विहिबार । तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ५७ अनुसार उनले शपथ ग्रहण गरेका हुन्। वाग्ले तनहुँ–१ बाट निर्वाचन जितेर संसदमा प्रवेश गरेका हुन्।

शपथपत्रमा उनले मुलुक र जनताप्रति पूर्ण बफादार रहने, नेपालको सार्वभौमसत्ता, राष्ट्रियता तथा संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो जिम्मेवारी निष्पक्ष, पारदर्शी र इमान्दारीपूर्वक निर्वाह गर्ने, कुनै पनि प्रकारको पक्षपात वा द्वेषबाट प्रभावित नहुने र कानुनको अधीनमा रही जनताको हितमा काम गर्ने प्रतिज्ञा गरेका छन्। साथै, पदीय गोपनीयता कायम राख्दै कर्तव्य पालन गर्ने उल्लेख गरेका छन्।

शपथपत्रमा चैत १२, २०८२ गतेको मिति उल्लेख गरिएको छ। वाग्लेको शपथसँगै प्रतिनिधि सभामा उनको औपचारिक भूमिका सुरु भएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button