हेडलाईनसमाचारसबै प्रदेश

‘आदेश नआउँदा सेना बसेकै हो’ – प्रधानसेनापति सिग्देल

प्रहार समाचार । काठमाडौं,१२ चैत २०८२ बिहीबार । जेन–जी आन्दोलनमा सेना किन देखिएन भन्ने बहस चर्किँदा प्रधानसेनापति अशोकराज सिग्देलले कडा जवाफ दिएका छन्। उनले स्पष्ट शब्दमा भने—आदेश नआएसम्म नेपाली सेना सडकमा निस्कँदैन, निस्कन मिल्दैन पनि।


छानबिन आयोगसँगको छलफलमा सिग्देलले संविधानको प्रावधान देखाउँदै सेना परिचालनको अधिकार मन्त्रिपरिषद्‍को सिफारिस र राष्ट्रपतिको निर्णयमा मात्र निर्भर रहने बताए। “सेना आफैं चल्ने होइन, चलाउने निकाय छुट्टै छ,” उनले भने, “निर्णय नभई सेना अघि बढ्ने कुरा असम्भव हो।”


आन्दोलनका क्रममा सेना निष्क्रिय बसेको आरोपप्रति उनले असन्तुष्टि जनाउँदै यस्तो टिप्पणीलाई ‘अन्यायपूर्ण’ भने। “प्रहरी जस्तो आदेश पाउने संरचना सेनाको छैन,” उनले प्रष्ट पारे, “मन्त्रिपरिषद्‍ले सिफारिस नगरेसम्म र राष्ट्रपतिले निर्णय नगरेसम्म सेना चल्दैन। त्यस अवस्थामा सेना किन ननिस्कियो भन्नु गलत हो।”


उनले निर्णय भएको क्षणदेखि भने सेनाले जिम्मेवारी सम्हालेको दाबी गरे। “जतिबेला निर्णय आयो, त्यतिबेला सेनाले देशको अवस्था नियन्त्रणमा लिन कुनै ढिलाइ गरेन,” सिग्देलले भने, “बिना आधार सेना माथि दोष थोपर्न खोज्नु उचित होइन।”


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button