प्रहार समाचार । तनहुँ, ५ चैत २०८२ बिहीबार । लायनल मेसिले आफ्नो करियरको ९००औँ गोल गर्दै विश्व फुटबलमा नयाँ इतिहास रचेका छन्। बुधबार (मार्च १८, २०२६) माइन्टर मियामी क्लब डे फुटबल (इन्टर मियामी फुटबल क्लब ( Inter Miami CF र Nashville SC) बीच सम्पन्न खेलको सातौँ मिनेटमै गोल गर्दै मेस्सीले उक्त उपलब्धि हासिल गरेका हुन्।

यो खेल CONCACAF च्याम्पियन्स कपअन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेगमा खेलिएको थियो। यससँगै मेस्सी आधिकारिक प्रतियोगितामा ९०० गोल पुर्याउने विश्व फुटबल इतिहासका दोस्रो खेलाडी बनेका छन्। उनको यो उपलब्धिले फेरि एकपटक अन्तर्राष्ट्रिय फुटबलमा उनको निरन्तर उत्कृष्टता र प्रभावलाई उजागर गरेको छ।

क्लब र अन्तर्राष्ट्रिय दुवै स्तरमा उच्च प्रदर्शन गर्दै आएका मेस्सीले लामो समयदेखि शीर्ष स्तर कायम राख्दै आएका छन्। उनको यो नयाँ कीर्तिमानले उनलाई महान खेलाडीका रूपमा अझ सुदृढ बनाएको छ।
























