हेडलाईनसमाचारबन्दीपुरगण्डकी

सानो पुँजी, ठूलो भरोसा: बन्दीपुरमा अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बन्न टेवा

प्रहार समाचार । तनहुँ, ५ चैत २०८२ बिहीबार । तनहुँको बन्दीपुर गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै आर्थिक सशक्तिकरणका लागि बिउ पुँजी वितरण गरिएको छ। समुदायमा आधारित पुनःस्थापना (CBR) कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यस पहलले न्यून लगानीबाट आयआर्जनतर्फ उन्मुख गराउने लक्ष्य लिएको देखिन्छ। गाउँपालिकाका ६ वटै वडाबाट एक/एक जना गरी ६ जना लाभग्राहीलाई प्रति व्यक्ति १० हजार रुपैयाँका दरले नगद बिउ पुँजी प्रदान गरिएको हो।

बिउ पुँजी प्राप्त गर्नेहरूमा वडा नं. १ का अभिषेक खड्का, वडा नं. २ का डेबु कार्की, वडा नं. ३ का पहल सिंह नेपाली, वडा नं. ४ का हिरा बहादुर थापा, वडा नं. ५ का प्रेमबहादुर गुरुङ र वडा नं. ६ की सबिना थापा रहेका छन्। सहृदय मञ्च तनहुँको आयोजना तथा गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको एकीकृत सेवा कार्यालय तनहुँको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। सहृदय मञ्चका अध्यक्ष सावित्री सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा प्रमुख अतिथि रहेका थिए।


कार्यक्रममा सहभागी वक्ताहरूले सानो रकम भए पनि सही योजना र परिश्रमले ठूलो उपलब्धि हासिल गर्न सकिनेमा जोड दिए। उनीहरूले बिउ पुँजीलाई उपभोगमा होइन, उत्पादनमा केन्द्रित गर्न आग्रह गर्दै साना व्यवसायमार्फत आत्मनिर्भर बन्न प्रेरित गरे। यस्ता पहलले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउने मात्र नभई समाजमा सम्मानजनक स्थान स्थापित गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button