हेडलाईनसमाचारबन्दीपुरगण्डकीविजनेस

स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै तनहुँको याम्पाफाँटस्थित मरस्याङ्दी रिभर भ्यू रिसोर्ट

प्रहार समाचार । तनहुँ, ५ चैत २०८२ बिहीबार । तनहुँको बन्दिपुर गाउँपालिका–५ याम्पाफाँटमा रहेको मरस्याङ्दी रिभर भ्यू रिसोर्ट पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइको प्रमुख गन्तव्य बन्दै गएको छ। पवित्र मरस्याङ्दी नदीको किनारमा प्राकृतिक शान्ति र आधुनिक सुविधाको समिश्रणले यो रिसोर्ट पर्यटनको नयाँ आकर्षणको रूपमा उदाउँदै गएको हो । तस्बिरहरू : प्रहार अनलाईन मिडिया



२०७५ सालदेखि सञ्चालनमा आएको यस रिसोर्ट २६ रोपनी क्षेत्रफलमा फैलिएको छ। पृथ्वी राजमार्गसँगै जोडिएको सहज पहुँच, तर कोलाहलमुक्त वातावरण यसको मुख्य विशेषता हो। यहाँ आउने पर्यटकले स्वच्छ मरस्याङ्दी नदीको किनारमा बसेर प्राकृतिक सौन्दर्यको भरपुर आनन्द लिन सक्ने वातावरण पाउँछन्।


रिसोर्टमा १८ वटा सुविधासम्पन्न कोठा छन्, जसबाट करिब ४० जनासम्मलाई आवासको व्यवस्था गर्न सकिन्छ। साथै विवाह, पार्टी, सेमिनार, शुभब्रतबन्द जस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्न मिल्ने आधुनिक हल, प्रशस्त पार्किङ, स्विमिङ पुल, साउना, स्टिम बाथ तथा र्याफ्टिङ जस्ता सेवाले यसलाई बहुआयामिक गन्तव्य बनाएको छ। करोडौंको लगानीमा निर्माण भएको यस रिसोर्टले प्रत्यक्ष रूपमा २० जनालाई रोजगारी समेत प्रदान गरेको छ।


रिसोर्टकी सञ्चालकद्वय सिता भट्टराई तथा कुष्णा गौतमका अनुसार मरस्याङ्दी नदीको स्वच्छ किनारमा बसेर शान्त वातावरणमा स्वादिलो नेपाली परिकारसँगै रात बिताउने अनुभव नै यस रिसोर्टको मुख्य विशेषता हो। “हामी प्राकृतिक वातावरणलाई जोगाउँदै स्थानीय पहिचानसँग जोडिएको पर्यटन विकासमा केन्द्रित छौं,” उनीहरूले बताए।

रिसोर्टका व्यवस्थापक महेन्द्र मोहन भट्टराईका अनुसार पछिल्लो समय विशेषगरी भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। उनले पर्यटन प्रवर्द्धनमा भारतीय पर्यटकको योगदान महत्वपूर्ण रहेको बताउँदै सेवा र पूर्वाधारलाई अझ स्तरीय बनाउनेमा जोड दिएका छन्।

प्राकृतिक सौन्दर्य, सहज पहुँच र आधुनिक सुविधाको उत्कृष्ट संयोजनका कारण मरस्याङ्दी रिभर भ्यू रिसोर्ट यतिबेला याम्पाफाँटलाई मात्रै होइन, समग्र तनहुँकै पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने केन्द्रको रूपमा स्थापित हुँदै गएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button