हेडलाईनसमाचारबागमतीसूचना प्रविधि

आज काठमाडौंका यी क्षेत्रमा बिजुली बन्द हुने, समय हेर्नुहोस्

प्रहार समाचार। काठमाडौँ, ३० फागुन २०८२ शनिबार । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका केही क्षेत्रमा निर्धारित समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र बत्तीसपुतली फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा विद्युत् कटौती गरिने भएको हो।

बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने यी फिडरबाट वितरण हुने ११ केभी लाइनको मर्मत कार्य सञ्चालन गर्न लागिएको प्राधिकरणले जनाएको छ।मर्मतका क्रममा जीर्ण अवस्थामा रहेका पोलहरूको मर्मत तथा नयाँ पोल जडान गरिने भएकाले बिहान ११ बजेदेखि अपराह्न १ः३० बजेसम्म पेप्सीकोला र टाउन प्लानिङ आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने छ।

त्यसैगरी, मध्य बानेश्वर, पुरानो बानेश्वर र बत्तीसपुतली क्षेत्रमा भने अपराह्न २ बजेदेखि ४ बजेसम्म विद्युत् कटौती हुने सूचनामा उल्लेख गरिएको छ।निर्धारित मर्मत कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा भने विद्युत् आपूर्ति नियमित रूपमा सञ्चालन गरिने प्राधिकरणले जानकारी दिएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button