आँबुखैरेनीहेडलाईनव्यासभानुसमाचारबन्दीपुरदेवघाटगण्डकी

‘भुइँमान्छेको कुरा बुझ्ने नेता तनहुँ १ ले खोजेको छ ।’- वाग्ले

प्रहार समाचार । तनहुँ, १८ फागुन २०८२ सोमबार । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा तनहुँ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी चुलिएको छ। यही क्रममा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको पक्षमा बौद्धिक तहबाट समर्थन आउन थालेको छ। वरिष्ठ पत्रकार तथा नागरिक अगुवा नारायण वाग्लेले गोबिन्द भट्टराईलाई विजयको शुभकामना दिँदै तनहुँको विकासका लागि उनको उम्मेदवारीलाई उपयुक्त विकल्प भएको बताएका छन्।

व्यास नगरपालिका–११ बेलटारीस्थित आफ्नै निवासमा भएको भेटघाटमा वाग्लेले भट्टराईको राजनीतिक निष्ठा, स्वच्छ छवि र विकासप्रतिको प्रतिबद्धताको खुलेर प्रशंसा गरे। “तनहुँले अब केवल भाषण होइन, भुइँमान्छेका समस्या बुझ्ने र स्पष्ट योजना बोकेको नेतृत्व खोजेको छ,” वाग्लेले भने। लामो समय सक्रिय राजनीतिमा रहँदा पनि विवादरहित छवि कायम राख्नु भट्टराईको मुख्य बल भएको उनको भनाइ थियो।


निर्वाचनको पूर्वसन्ध्यामा वाग्ले जस्ता प्रबुद्ध व्यक्तित्वबाट आएको यो समर्थनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। स्थानीय मतदाता सिता खनालका अनुसार बौद्धिक वर्गबाट आएको यस्तो नैतिक समर्थनले मतदातामाझ सकारात्मक प्रभाव पार्ने छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button