आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटगण्डकी

तनहुँ १ का स्वतन्त्र उम्मेदवार जोशीको चुनावी घरदैलो अभियान अन्तिम चरणमा

प्रहार समाचार । तनहुँ, १८ फागुन २०८२ सोमबार । तनहुँ निर्वाचन क्षेत्र नं. १ स्वतन्त्र उम्मेदवार दीपक राज जोशीको चुनावी घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ। क चुनाव चिन्ह कैची रहेका जोशीले ४२ वटै वडाका करिब एक हजारभन्दा बढी गाउँ र टोल पुगेको यो अभियानमा जोशीले नागरिकसँग सिधै भेटेर उनीहरूको समस्या, गुनासो र चाहना सुनेका छन्। धेरै स्थानमा मतदाताले “अब भाषण होइन, काम देखिनुपर्‍यो” भन्दै आफ्नो भावना व्यक्त गरेका छन्।

घरदैलोका क्रममा युवाहरूले रोजगारी र सीप विकासको अवसर चाहिएको बताएका छन्। किसानहरूले सिँचाइ, मल र आफ्ना उत्पादन बेच्न बजारको व्यवस्था मागेका छन्। ग्रामीण भेगका नागरिकले राम्रो सडक, खानेपानी र स्वास्थ्य सेवा सजिलै पाउनुपर्ने आवश्यकता औँल्याएका छन्। समग्रमा मतदाताले जवाफदेही, पारदर्शी र परिणाम दिने नेतृत्व खोजिरहेको स्पष्ट देखिएको छ।


यसै क्रममा नागरिकले विगतमा भएका विकासका काम पनि सम्झिएका छन्। गोबिन्द राज जोशीको कार्यकालमा बनेका सडक र अन्य पूर्वाधारले क्षेत्रको विकासमा योगदान दिएको भन्दै धेरैले निरन्तरताको आवश्यकता बताएका छन्। जनताबीच देखिएको धारणा अनुसार, विगतका राम्रा कामलाई अगाडि बढाउँदै नयाँ सोच र ऊर्जा आवश्यक छ। यही अपेक्षासहित यसपटकको चुनावलाई तनहुँ–१ का मतदाताले विकास र विश्वासको परीक्षा मानेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button